मेरी कविता 'ऐसी एक मौत जैसी कि ज़िन्दगी' का नेपाली भाषा में अनुवाद किया है नेपाल के कवि कामरेड बलराम तिमल्सिना ने।
जस्तो जिन्दगी त्यस्तै मृत्यु !
........
म मरेपछि
मेरा खुट्टाबाट जुत्ता नफुकालियोस
अनि मेरा मन पर्ने टोपीहरू
त्यो फरासिलो बुढो जादुगरलाई दिनू
जसले
बच्चाहरूको अनुरोधमा
रङ्गी विरङ्गी पुराना टोपीहरूबाट
परेवा र खरायोहरू निकालिरहन्छ ।
जल्न त बाँच्दा खेरि नै राम्रो हुन्छ
त्यसैले मलाई
सकभर कुनै दुर्गम
र सुनसान ठाउँमा गाड्नु पर्छ ।
अनि मेरो छतरी र बटोही झोला
साथै ती सम्पूर्ण डायरीहरू
जुन डायरीहरूमा
जिन्दगी र रहरका बीचमा हुने
सारा ओहोर दोहोरका
अविश्वसनीय वयानहरूको
जीवनभर टिपोट गरिरहन्छु
ती पनि मसँगै राखिनु पर्छ ।
मर्ने कुरा खास केही होइन,
बरु यत्ति कुराको हो
केही निजी समस्याहरू,
स्वैच्छिक दुःखहरू
अनि समय-श्रृजित निराशा विरुध्द
तपाई जीवनभर
न्यायको पक्षमा उभिनु भयो
न्यायको पक्षमा लड्नु भयो ।
कुनै मानिसको निजताको
कुनै इतिहास हुदैन
अनि उसका स्मृतिहरूले पनि
केही खास मानिसहरूलाई मात्र
थोरै महत्व राख्छन
जो बाँच्दा खेरि नै सबैभन्दा नजिक हुन्छन्
सबैभन्दा गहिरा दुःखहरू पनि
उनीहरूकै देन भैदिने गर्छन ।
**
No comments:
Post a Comment