Monday, April 29, 2024

 


मेरी एक कविता का नेपाल के कवि और राजनीतिक ऐक्टिविस्ट कामरेड बलराम तिमल्सिना द्वारा नेपाली भाषा में अनुवाद:

(हिजो आाज करुणा, अहिंसा, दया, तुलसीदास आदि-आदिका असाध्यै धेरै कुरा गर्ने गफाडी कवि जमातप्रति समर्पित एउटा पुरानो कविता : 

©Kavita Krishnapallavi )

जुन विनम्रता

हत्याराका सामुन्ने

हात जोडेर झुक्छ

त्यो गड्यौंलाको विनम्रता हो ।

हत्याराहरूलाई 

माफ गर्न आग्रह गर्ने

'हृदयको विशालता'

संसारको सबैभन्दा ठूलो क्रुरता हो ।

हत्याराको मृत्युमा 

आँसु बगाउने करुणा 

हत्याकै एउटा हतियार हो !

हत्यारा 

अनि ऊबाट शिकार मानिसका बीचमा 

निष्पक्षताको आग्रह 

हत्या लाई ढाकछोप गर्ने 

घिन लाग्दो खेल हुने गर्छ !

सबैभन्दा खतरनाक 

त्यो मानवतावाद हुन्छ -

जसले मानवताका शत्रुलाई

मनुष्यको दर्जा दिन्छ ।

**

No comments:

Post a Comment