'कविता में भाषा की तमीज़' कविता का नेपाली भाषा में अनुवाद किया है ऐक्टिविस्ट-कवि कामरेड Bala Ram Timalsina ने।
कवितामा भाषाको सोमत !
******
जब कवितामा भाषाको सोमतको कुरा आउँछ
तब बुझ्नुस कि मानिस
न परेवा बछ न त गँड्यौला बन्छ
अनि यथार्थ चै यो हो -
अन्यायका विरुध्द विद्रोहले नै
हामीलाई
जिन्दगी,प्रेम र कविताको मुल्य सिकाउँछ
तर हामी क्रुरता र निर्लज्जताको
यस्तो समयमा बाँचिरहेका छौं
यति बेला कविहरू
सबैभन्दा सन्दिग्ध प्राणी मानिन थालेका छन्
सम्पादकहरू
कुखुराको पसलमा
कविताको प्वाँख उखेलिरहेका छन्
र आलोचकहरू
कवितालाई तराजुमा जोखिरहेका छन् ।
उतापट्टी हत्याराहरू
सडकमा शिकार खोजेर बसेका छन
अनि जनसङ्हारको इलाका नजिकै
साहित्य महोत्सव भैरहेको छ ।
ठीक यही समय हो
जब कुनै स्थानमा
सपनाहरूको गोप्य ठेगानामा
विद्रोहको नयाँ भाषाले जन्म लिइरहेको छ
अनि कविताले
नयाँ सिराबाट
आफ्नो कार्यभार तय गरिरहेको छ ।
✍️Kavita Krishnapallavi

No comments:
Post a Comment