Friday, March 17, 2023



'एक जर्मन स्त्री कवि की जो त्रासद कथा'  कविता का कामरेड बलराम तिमल्सिना द्वारा नेपाली भाषा में अनुवाद! कविता को अपनी ओर से उन्होंने एक शीर्षक भी दे दिया है! 

(घृणालाई प्रेमले बदल्न खोज्ने 

एक जना नारी कविको कथा !)

*****

जर्मनीमा‌ 

जब हिट्लरका‌ गुण्डा वाहिनीहरू

हुलदङ्गा मच्चाइरहेका थिए सडकमा‌

ठीक त्यही समय 

ईसाई मुलकी एक जना नारी कवि 

एक जना यहूदी शिक्षकसँग 

आकण्ठ प्रेममा डुबेकी थिइन 

अनि दैनिक प्रेम-कविता लेखिरहेकी थिइन 

प्रेमका वारेमा बहस गर्दै 

उनी भन्दै थिइन-

'प्रेमको स्वतन्त्रता नै 

मेरो एक मात्र सरोकार हो,

यही नै मेरो राजनीति हो 

प्रेम गरेर नै म 

घृणाको राजनीतिको प्रतिकार गरिरहेकी छु 

संसारलाई‌ घृणाबाट 

प्रेमले नै बचाउँछ !'

फासिवादका बिरुध्द 

एकजुट भैरहेका लेखकहरूले

जब उनलाई सँगै आउँन भने 

उनले यही कुरा भनिन !

एक दिन उनको यहूदी प्रेमीलाई

नात्सी गुण्डाहरूले झुण्ड्याउँदै लगे 

भोलिपल्ट उसको क्षतविक्षत लास 

सहरको एउटा नालीमा भेटियो ।

त्यसपछि ती नारी कविलाई 

एक जना विधर्मीसँग प्रेम गरेको अभियोगमा 

पहिले सडकमा‌

जुताको माला लगाएर

लौराले पिट्दै घुमाइयो 

त्यसपछि 

उनको अनैतिक आचरण 

अनि उनका प्रेम कविताले 

जर्मन आर्य गौरवलाई कलङ्कित पारेको आरोपमा 

उनलाई जेलमा कोचियो ।

**

✍️Kavita Krishnapallavi

अनु: बलराम तिमल्सिना

नोट ; कवितामा शिर्षक जस्ता लाग्ने शब्दहरु अनुवादकको बठ्याइँ हो है

No comments:

Post a Comment