तानाशाहको रहर थियो
जुन कुरा पनि-
सबैभन्दा राम्रो, सबैभन्दा ठूलो,
सबैभन्दा धेरै , सबैभन्दा टिकाऊ
र सबैभन्दा सुन्दर जे हुन्छ,
त्यो उसलाई प्राप्त होस I
ऊ सबैभन्दा विशाल साम्राज्य,
सबैभन्दा सुन्दर महलहरू
सबैभन्दा ठूलो सेना,
सबैभन्दा खुङ्खार मण्डलेहरू,
सबैभन्दा उन्मादी अनुयायीहरू
सबैभन्दा ठूला नरसंहार,
सबैभन्दा धेरै यात्रा,
सबैभन्दा सुन्दर पोशाकहरू
सबैभन्दा सम्मोहक मिथकहरू,
सबैभन्दा भव्य मंचहरू र आयोजनसँग
सबैभन्दा लामो समयसम्म
शासन गर्न चाहन्थ्यो I
*
इतिहासमा सवै तानाशाहहहरूले
सँधै यस्तै नै चाहे ।
आखिरमा एउपा समय आयो
जब मान्छेहरूले हरेक तानाशाहलाई
सबैभन्दा ठूलो र सबैभन्दा कठोर सजाय दिए
र भने-
सवैभन्दा धेरै मान्छेको हीतमा
यही सबैभन्दा न्यायपूर्ण,
सबैभन्दा राम्रो र सबैभन्दा सुन्दर काम हो ।
लखेटिएका केहि तानाशाह
आफ्नो संरक्षक देशको राजधानीमा
बुढा छचुन्द्राझैं
फोहोरको ढलमा डुवेर मरे ।
अनि वाँकिलाई
मान्छेहरूले सडकमा घिसारे
र चौबाटोमा
उँधो मुन्टो पारेर झुण्ड्याइदिए ।
--- कविता कृष्णपल्लवी
('तानाशाह की चाहत' का नेपाली भाषा में अनुवाद I अनुवादक : नेपाल के वाम ऐक्टिविस्ट और कवि बलराम तिमलसिना I)
*******
जुन कुरा पनि-
सबैभन्दा राम्रो, सबैभन्दा ठूलो,
सबैभन्दा धेरै , सबैभन्दा टिकाऊ
र सबैभन्दा सुन्दर जे हुन्छ,
त्यो उसलाई प्राप्त होस I
ऊ सबैभन्दा विशाल साम्राज्य,
सबैभन्दा सुन्दर महलहरू
सबैभन्दा ठूलो सेना,
सबैभन्दा खुङ्खार मण्डलेहरू,
सबैभन्दा उन्मादी अनुयायीहरू
सबैभन्दा ठूला नरसंहार,
सबैभन्दा धेरै यात्रा,
सबैभन्दा सुन्दर पोशाकहरू
सबैभन्दा सम्मोहक मिथकहरू,
सबैभन्दा भव्य मंचहरू र आयोजनसँग
सबैभन्दा लामो समयसम्म
शासन गर्न चाहन्थ्यो I
*
इतिहासमा सवै तानाशाहहहरूले
सँधै यस्तै नै चाहे ।
आखिरमा एउपा समय आयो
जब मान्छेहरूले हरेक तानाशाहलाई
सबैभन्दा ठूलो र सबैभन्दा कठोर सजाय दिए
र भने-
सवैभन्दा धेरै मान्छेको हीतमा
यही सबैभन्दा न्यायपूर्ण,
सबैभन्दा राम्रो र सबैभन्दा सुन्दर काम हो ।
लखेटिएका केहि तानाशाह
आफ्नो संरक्षक देशको राजधानीमा
बुढा छचुन्द्राझैं
फोहोरको ढलमा डुवेर मरे ।
अनि वाँकिलाई
मान्छेहरूले सडकमा घिसारे
र चौबाटोमा
उँधो मुन्टो पारेर झुण्ड्याइदिए ।
--- कविता कृष्णपल्लवी
('तानाशाह की चाहत' का नेपाली भाषा में अनुवाद I अनुवादक : नेपाल के वाम ऐक्टिविस्ट और कवि बलराम तिमलसिना I)
*******
No comments:
Post a Comment