('तानाशाह जो करता है' कविता का नेपाली भाषा में अनुवाद। अनुवादक: नेपाली कवि और पोलिटिकल ऐक्टिविस्ट बलराम तिमलसिना)
तानाशाहले जे गर्छ !
****************
लाखौं मान्छेहरूलाई हकार्दै जंगलबाट लखेट्ने
र हजारौंको टौवा हालेर शिकार गरेपछि
तानाशाह केही आदिवासीहरूलाई राजधानी बोलाउँछ
सिङ्ग भएको टोपी र अंगरखा लगाएर उनीहरूसँग नाच्छ
र नगरा बजाउँछ ।
बीस लाख मानिसहरूलाई अनागरिक घोषित गरेर तानाशाह तिनीहरूको लागि
ठूला ठूला कन्सन्ट्रेशन क्याम्प बनाउँछ
र घोषित गर्छ -
जनता नै जनार्दन हुन् ।
एउटा विशाल प्रदेशलाई झ्यालखाना बनाएपछि तानाशाह भन्छ कि-
मान्छे मुक्त जन्मेको हो
र मुक्त भएर वाँच्नु नै
उसको जीवनको अन्तिम सार्थकता हो।
लाखौं बच्चाहरूलाई अनाथ बनाइसकेपछि तानाशाह केही बच्चाहरूसँग
चङ्गा उडाउँछ।
हजारौं नारीहरूलाई अत्याचार र वर्वरताको शिकार बनाइसकेपछि तानाशाह
आफ्नो घरको वार्दलीबाट परेवा उडाउँछ
सडकहरूमा रगतको खोला बगाइसकेपछि
कवि-कलाकारहरूलाई पुरस्कार र
सम्मान बाँड्छ ।
तानाशाह यस्तो चुनाव गराउँछ जसमा
सँधैभरै उही चुनिने गर्छ,
यस्तो जाँच गराउँछ कि
अपराधको शिकार नै अपराधी
सिद्ध हुन पुग्छ
यस्तो न्याय गराउँछ कि
त्यो सारा हत्याराहरूसँगै आफैं
निर्दोष भएर छुट्छ ।
तानाशाह हरेक दिन बिहान संविधानको पाना
च्यातेर आफ्नो आची पुच्छ
र बाहिर निस्केर लोकतन्त्र,संविधान, न्याय र यो देशका जनतामा
आफ्नो अटुट निष्ठा प्रकट गर्छ ।
तानाशाह आफ्नो हरेक जन्मदिनमा
मान्छेहरूको जिन्दगीबाट केही रङ्गहरू
झिकेर बाहिर फाल्छ
र टाढा जंगलबाट बाकसमा भरेर ल्याइएका
रङ्गी-विरङ्गी पुतलीहरूलाई
राजधानीको
विषालु हावामा मुक्त गर्दछ ।
यसरी तानाशाह सवै मानवीय, सुन्दर र उदात्त काम र चिजहरूलाई
नागरिक जीवनका सवै स्वाभाविकताहरूलाई ,
सवै सहज-सामान्य लोकतान्त्रिक प्रक्रियाहरूलाई
संदिग्ध बनाइदिन्छ।
संदेहमा वाँचिरहेका मान्छेहरू उद्देश्य, सपना र भविष्यप्रति पनि
संदेह गर्न थाल्छन
र जबसम्म ती यस्तो गरिरहन्छन
उनीहरूलाई तानाशाहको सत्ताको अस्तित्व
असंदिग्ध लागिरहन्छ ।
-- कविता कृष्णपल्लवी
(20 सितम्बर, 2019)

No comments:
Post a Comment