Monday, April 03, 2023

अजातशत्रु !


'अजातशत्रु' कविता का कामरेड Bala Ram Timalsina द्वारा नेपाली भाषा में अनुुुुवाद। 


अजातशत्रु !

****

जसको कोही शत्रु हुदैन

उसको कुनै मित्र हुदैन

जसको कोही शत्रु हुदैन

ऊ कसैको मित्र हुदैन

ऊ कहिलै पनि

सत्य र न्यायको पक्षमा उभिदैन

अनि,

गलतलाई गलत भन्ने 

जोखिम पनि मोल्दैन

जो सर्वपृय तथा अजातशत्रु हुन्छ

ऊ वास्तवमा 

धूर्त,स्वार्थी

एकदमै चिसो, क्रुर अनि कायर हुने गर्छ ।

सन्तको निर्विकार मुद्रा ओढेको

सँधै मानवता,करुणा र शान्तिका कुरा गर्ने

यस प्रकारका मानिसहरू

ब्वाँसाजस्तै छली हुन्छन ।

जसको कुनै शत्रु हुदैन

त्यस्तो मानिस 

यथार्थमा न्याय र मानवताको शत्रु हुने गर्छ ।

Kavita Krishnapallavi


No comments:

Post a Comment