Wednesday, February 19, 2020


(गत 2 फरवरी को मैंने एक कविता पोस्ट की थी,'आठवें पेग के बाद एक क़बूलनामा' I नेपाल के वाम एक्टिविस्ट और कवि कामरेड बलराम तिमलसिना ने उसका नेपाली भाषा में अनुवाद किया है जो यहाँ प्रस्तुत है:)

आठौं पेगपछिको एउटा स्वीकारोक्ती !
-----------------------------

के सुनाउँ तिमीलाई साथी
मेरो दिलको खबर ?

म पनि शाहीन बाग जाने थिएँ
त्यस्तै अरु कति ठाउँमा जाने थिएँ
पार्कमा जाग्राम बस्थें
प्रहरीको लाठी खान्थें, जेल जान्थें !

तर तँपाईंले मेरो अप्ठेरो बुझ्नु पर्ला

हैन हैन, मेरो कुरा त्यस्तो हैन
स्वास्थ्य निकै खराब छ,
ब्लड प्रेशर, सुगर, बाथ,
थाइराइड
सबैको स्थिति खराब छ !

तँपाईंलाई थाहै छ
श्रीमतीको स्वास्थ्य,
अझ त्यो भन्दा बढी उनको स्वभाव उस्तै छ !

र यो पनि तँपाईंलाई थाहा छ कि
मेरा छोरा छोरीले
मलाई खुस्कट संझन्छन्
अनि मोदीलाई
नयाँ भारतको निर्माता संझन्छन् !

तर यी कुनै पनि कुरा
म तँपाईंहरूको माझमा नहुनुका कारण हैनन् !

यदि म पहिलैबाट मरिसकेको हुँदैनथें भने
दाभोलकर, पानसारे,
कलबुर्गी र गौरी लङ्केश जस्तै
कुनै फासिस्ट हत्याराको गोलीबाट
मर्नको लागि तैयार हुने थिएँ !

यो मेरो जीवनको
विस्मयकारी अनौठो यथार्थ हो कि
मरिसकेको म
जीवितहरूको संसारमा
सामान्य जीवन बाँचेर घुमफिर गरिरहन्छु !

अनि मुर्दाहरूको टापु
र पहाड खोजिरहेको छु
जहाँ आनन्दले केही समय बिताउँन सकुँ !

म आज तँपाईंको अगाडि
आफ्नो दिल खोलेर भन्न चाहन्छु,
आफ्ना पेटका कुरा
उगेल्न चाहन्छु !

साँचो कुरा के हो भने नि
म धेरै धेरै पटक मरिसकेको छु !
यति मरिसकेको छु कि
अब मर्नको लागि केही बचेको छैन !

घर-गृहस्थीमा घिसारिएर मरें,
समाचारपत्रका कार्यालयमा
मालिकको आदेशमा
झुटको दलाली गरेर
जागिर जोगाएर
र उन्नतीका खुड्किला चढ्दै
पिसिएर मरें !

प्राध्यापनको चर्खामा घोटिएर मरें
हाकिमगिरी गरेर कुकुरको मृत्यु मरें
हत्याराको हातबाट
पुरस्कृत हुँदै हुँदै मरें
फासिस्ट, महाभ्रष्ट र दुराचारी नेताहरूलाई
माला लगाइदिएर मरें
गुण्डाहरूसँग एउटै मञ्चमा
तामझाम गर्दै मरें,
पूँजीपतीहरूका प्रतिष्ठानहरू
र सरकारी प्रतिष्ठानहरूमा
पद पड्काई पड्काई मरें
घर र गाडी लिएर मरें,
जीवनलाई अधिकतम संभव
आर्थिक सुरक्षा दिएर मरें !

अनि यो सबै कुरा गर्दा गर्दै जब-जब
रचना र भाषणहरूमा
प्रगतिशीलताको दुहाई दिएँ
तब-तब मरें,
कहिले एउटा छेपारोको जस्तै मृत्यु
कहिले एउटा स्यालको जस्तै मृत्यु !

तब नि साथी,
ईमान्दारी कुरा यो हो कि
यस्तरी मरेको मान्छेलाई जहाँ सुकै लैजाऊ
त्यहाँ लाशहरूको दूर्गन्ध फैलिने छ !

तिमीहरूले मलाई
मेरा सुविधा, डर, निचता,
विद्वत्ता र लज्जाहीनतासँगै
एक्लै छोडिदियौ भने राम्रो हुने छ ।

(Kavita Krishnapallavi को कविता हिन्दीबाट अनुवाद )

No comments:

Post a Comment